१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुनको मूल्य हालसम्मकै उच्च, १ तोला किन्न १ लाख २७ हजार ९०० रुपैयाँ चाहिने


१५ चैत, काठमाडौँ । नेपाली बजार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि गत चैत ८ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन सुनको मूल्य तोलामा २६ सयले बढ्दै  छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार २ सय कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ११:०६