१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते बस्ने


१५ चैत, काठमाडौँ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंककको साधारण सभा चैत २० गते बस्ने भएको छ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छैन् । यो बर्ष सेयरधनीको हात खाली हुने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा  छलफल हुनेछ । साथै, सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गरेको छ । यसको अर्थ फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सभामा सहभागि  हुन सक्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १०:०७