१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अपराध अनुसन्धानका अब्बल अधिकृत अंगुर जिसीसहित ८ डिएसपी एसपीमा बढुवा


१५ चैत, काठमाडाैँ ।  नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ । अपराध अनुसन्धानका अब्बल अधिकृत अंगुर जिसीसहित ८ डिएसपी एसपीमा बढुवा सिफारिस भएका हुन ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०७:५४