१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आपराधिक लाभको मुद्दामा अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ


१४ चैत, काठमाडाैँ । सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संस्था अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम (राजमति) पक्राउ परेकी छिन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँको बालाजु क्षेत्रबाट बमलाई पक्राउ गरिएको हो । धनगढी स्थायी घर भएकी बमलाई महराजगञ्ज वृत्तले पक्राउ गरेको र अनुसन्धनका लागि म्याद थपिएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले दैनिकीलाई जानकारी दिए ।

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम । तस्बिरः बमको फेसबुक वाल

रस्मिला धामीको उजुरीको आधारमा उनी पक्राउ परेकी हुन । बमविरुद्ध आपराधिक लाभ लगायत विभिन्न आरोप रहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । बमको विरूद्धमा उजुरी दिएकी रस्मिला धामीले भने बम तपोवनबाट पक्राउ परेको दाबी गरेकी छिन । बमका बारेमा यसअघि पनि विवादित विषयहरू बाहिर आएका थिए ।

बम पक्राउ परेपछि रस्मिला धामीले सामाजिक सञ्जालमा दिएको जानकारी । तस्बिरः धामीको फेसबुक स्टाटसको स्किनसर्ट

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १४:३७