१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

केरुङ नाका हुँदै सुन तस्करी गरेको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ


१४ चैत, काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ का ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  उनीहरुलाई सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।

उनीहरुबाट  भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए । थप अनुसन्धान तथा कारबाहीका लागि दुवै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको  उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:३७