१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुधबार बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


१४ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य भाउ आज भने बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर  छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १०:५४