१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एक इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा


१४ चैत, काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत फागुन ३० गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि पारित ११ प्रतिशत नगद लाभांश (कर सहित) चैत ७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्म कायम सेयरधनीरुको हितग्राही खातामा बैंक खाता अद्यावधिक भएको हकमा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।साथै, भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले अनुराेध गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ०९:३३