१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साउथ अष्ट्रेलियाका नेपाली व्यवसायीक संस्थाहरु विच क्रिकेटमा एक्ट्रा टेक बिजयी


एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसिसन(एन्का) को आयोजना र एनआरएनए साउथ अष्ट्रेलियाको सहयोगमा साउथ अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी संस्थाहरुको क्रिकेट प्रतियोगिता `एन्का सिक्स ए साइड टुनामेन्ट २०२४ ´मा एक्ट्राटेक एडिलेड विजयी भएको छ । भने ईजी कन्भेन्सिङ उप विजेता भएको छ ।

प्रतियोगितामा १२ व्यवसायिक टिम  सहभागी थिए । स्थानिय वेस्ट विच खेल मैदानमा भएको खेलमा उत्कृष्ट खेलाडी: स्यामुएल कर्बर (दक्षिण अष्ट्रेलिया ए ग्रेड खेलाडी), उत्कृष्ट ब्याट्सम्यान : विक्रम सोब (नेपाल राष्ट्रिय खेलाडी), मैदानमा उत्कृष्ट प्रदर्शन: ईद हुसैनी,  उत्कृष्ट बलर: स्यामुएल कर्बर (दक्षिण अष्ट्रेलिया ए ग्रेड खेलाडी) भएका थिए । व्यवसायिक टिमहरु सहित महिला तथा बालबालिकाहरुको समेत खेल भएको थियो ।

प्रतियोगितामा सहभागी टिमहरुमा नमस्ते टुर्स, आईए वारियस, सिआएसपि स्पेसल केयर, एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड, भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन, फ्लाईट कनेक्ट, प्यासिफिक एजुकेशन, रेडियन्स फाईनान्स, ग्रेस इन्टरनेशनल एडिलेड, योगी ग्रुप, एक्स्ट्रा टेक, ईजी कन्भेन्सिङ रहेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले एडिलेडमा विभिन्न खेलहरुमा महत्वपुर्ण सहयोग गर्ने व्यवसायीक संस्थाहरुलाई प्रसंशा गर्दै खेलमा रमाइलो गर्ने अबसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगिता प्रतिस्पर्धा संगै मनोरञ्जनका लागि पनि भएकाले खेलाडी अफिसियल व्यवस्थापक दर्शक सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

विजेता एक्ट्रा टेकलाई नगद अष्ट्रेलियन डलर कप, दुई हजार र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो भने उप विजेता कप तथा टिमका खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १७:२५