१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्री खुला, २१० रूपैयाँमा सर्वसाधरणले किन्न पाउने


१३ चैत, काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज (चैत १३ गते) देखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूका लागि सो सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी कम्पनीले बिक्री खुला गरेको हो  ।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २१० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयर माग गर्दै चैत २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  लगानीकर्ताले  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १४:०८