१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१७५ रूपैयाँ मै हिमालयन लाइफको सेयर सर्वसाधारणमा बिक्री खुला


१३ चैत, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर सर्वसाधरणको लागि बिक्री खुल्ला भएको छ । कम्पनीको यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री गरेको उक्त सेयर खरिद नभएपछि सर्वसाधरणको लागि बिक्री खुल्ला गरेको हो ।

बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले आजदेखि चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त सेयर हाल स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको छ ।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने  छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १३:०८