१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुनको भाउमा गिरावट, यस्तो छ प्रतितोला मूल्य


१३ चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ  र तेजावी सुन तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ११:२६