१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हिन्दु समुदाय संग आयोगको छलफल


एडिलेड । साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगले यहा रहेका हिन्दु समुदायका अगुवाहरु संग छलफल गरेको छ ।

नेपाली, भारतीय, फिजी लगायतका मुलका व्यक्तिहरु संग तिनका समस्या र सरकारले खेल्नु पर्ने भुमिका बारेमा छलफल गरिएको आयोगकी सदस्य मञ्जु खड्काले बताइन । आयोगका तर्फबाट खड्का सहित राजेन्द्र पाण्डेले सुझावहरु संकलन गरेका थिए । खड्काका अनुसार समस्याहरु छनौट गरेर पहिलो चरणमा समुदाय भित्रैबाट हुने समाधान त्यहि गर्ने र त्यस पछि राज्य संग जोडिएका बिषय समाधानका लागि राज्य सरकारमा पठाइने बताईन् । उनले शुक्रवार सम्पन्न छलफल कार्यक्रममा धेरै बिषयबस्तु आएको बताउदै अब आयोगले त्यसलाई प्रतिवेदन बनाएर बहुसांस्कृतिक मन्त्री जो बेटिसनलाई बुझाउने र मन्त्रीले राज्य सरकारको क्याविनेटमा पेश गर्ने बताईन् ।

छलफल कार्यक्रममा नेपाली समुदायबाट एनआरएनए सहितका संस्थाहरुले नेपाली समुदायका समस्या बारेमा बिषय उठान गरेका थिए । एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले पछिल्लो समय नेपाली बिद्यार्थीहरुलाई कोठा भाडामा पाउन समस्या भएको उठाएका थिए । त्यस गरि नेपाली अगुवाहरुले एडिलेड नेपाली बिद्यालयकी प्रिन्सिपल एलिजा ढकाल, नेपाली भजन कीर्त समुहका अध्यक्ष खगेन्द्र सापकोटाले नेपाली विद्यालयहरुलाई कक्षा कोठाको अभाव हुदै गएको, कार्यक्रम गर्न हलहरु सानो र उपयुक्त नभएको जस्ता बिषय समेतलाई उठान गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ०३:२०