१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

ऐन महरको कीर्ते राजीनामा खारेज, पुनः एमाले केन्द्रीय सदस्यमा मनोनित


११ चैत, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टी केन्द्रीयसदस्य ऐन महरले दिँदै नदिएको राजीनामा खारेज गरेको छ । यसअघि फागुन ३ गते एमालेको सचिवालय बैठकले ऐन महरले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत भएको जनाएको थियो । त्यसपछि महरले समाचार पढेर आफूले राजीनामा दिएकोबारे जानकारी पाएका बताउँदै अब पार्टी शुद्धिकरण अभियानमा लाग्ने भन्दै नेतृत्वप्रति कटाक्ष गरेका थिए ।

दैनिकीले एमालेका सबैभन्दा कान्छो केन्द्रीय सदस्यको राजिनामा, रहर कि बाध्यता ? र कसरी स्वीकृत भयो केन्द्रीय सदस्य ऐन महरले दिँदै नदिएको राजीनामा ? शीर्षकमा महरको राजीनामा बारेको समाचार लेखेको थियो । कुनै कारण नै नखुलाइ महरको राजीनामा स्वीकृत गरेको एमालेले आइतबार फेरि उनी केन्द्रीय सदस्यमा मनोनित भएको जानकारी दिएको  छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आइबारको बैठकपछि पत्रकार सम्मेलनमा महरले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय सदस्य मनोनित गरिएको जानकारी दिए । उपमहासचिव ज्ञवालीले भने, ‘पार्टी केन्द्रीय सदस्य ऐन महरले स्वच्छेला राजीनामा दिनुभएको थियो । पार्टीले त्यसलाई स्वीकार पनि गरेको थियो । पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने । निष्ठा र इमान्दारिताको साथ काम गर्ने  प्रतिवद्धता व्यक्त गर्नुभएकोहुनाले पार्टीको विधानको धारा ६५ अनुसार उहाँलाई पार्टीको केन्द्रीय सदस्यमा मनोननय गर्ने निर्णय गरेको छ ।’

स्रोतका अनुसार महरले नदिएको राजीनामा स्वीकृत गराउने भूमिका खेल्ने पार्टीकै एक केन्द्रीय सदस्यले परपुरूषको घर बिगार्न भूमिका खेलेको सूचना र प्रमाण पार्टी नेतृत्वम्म पुगेपछि नेताहरू निर्णय परिवर्तनका लागि तयार भएका थिए । दैनिकीका सम्पकर्मा रहेका एमालेका एक पदाधिकारीले भने, ‘जसको सूचनाले महरमाथि कारबाही स्वरूप नदिएको राजीनामा स्वीकृत भनेर निर्णय गरिएको थियो उहाँकै गम्भीर समस्या समेत देखियो । जसले महरपप्रति आरोप लगाउनु भएको भनिएको थियो उहाँले समेत आफूले कहिल्यै गलत नजरले समेत नहेरेको बताउँदै महरको राजनीतिक भविष्ष समाप्त पार्नका लागि सबै खेल भएको भन्दै बिन्ति बिसाउनु भयो । महरले पनि विगतमा कुनै कमजोरी भएको भए आगामी दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाउनु भयो र बझाङमा उही बेलामा प्रदेशसभाको उपनिर्वाचन हुने भयो । जुन निर्वाचनका लागि महरको भूमिका महत्वपूर्ण हुनेने थियो । त्यसपछि पार्टी नेतृत्वले पुनः केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गर्यो ।’

एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आइतबार जारी गरेको विज्ञप्ति ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले फागुन ३ मा जारी गरेको विज्ञप्ति ।

फागुन ३ को पार्टीको निर्णयपछि केन्द्रीय सदस्य महरले सामाजिक सञ्जाल मार्फत गरेको उद्घोष ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १७:४५