१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

युवा विद्यार्थीलाई एमालेको राजनीतिक प्रशिक्षण


१० चैत, काठमाडौँ । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेको छ । शनिबार मिनभवन स्थिति नेपाल कमर्स क्याम्पसमा सम्पन्न प्रशिक्षणमा विभिन्न विषयमा चार जनाले प्रशिक्षण दिएका थिए ।

एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यको प्रमुख अतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सुजिता शाक्य, ईश्वरी रिजाल, सीता लामा, कमिटीको अध्यक्ष रामजी सापकोटा लगायतले विभिन्न विषयमा विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५० जना भन्दा बढी युवा विद्यार्थीहरु सहभागी भएको स्कुल विभाग प्रमुख नरेन्द्र न्यौपानेले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार २१:१६