१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

कांग्रेसको माग पूरा हुँदा मन्त्री चट हुने भएपछि गृहमन्त्री लामिछानेले गगनलाई दिए बहसको निम्तो


१० चैत, काठमाडौँ । नेपाली कांग्रेसले सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा संसदमा गम्भीर सवालहरू उठाएपछि लामिछानेले फेसबुक मार्फत कांग्रेसका नेताहरूलाई बहसको निम्तो दिएका छन । नेपाली कांग्रेसका महामन्त्री गगनकुरमा थापाई इंकित गर्दै उपप्रधानमन्त्री लामिछानेले बहसको निम्तो दिएका हुन । उनले बहस पनि काठमाडाैँ क्षेत्र नम्बर ४ मै भए झन राम्रो हुने उल्लेख गरेका छन ।

उनले सामाजिक सञ्जालको माध्यमबाट शनिबार राति कांग्रेस नेताहरूलाई संसदको बालहठ छोडेर खुला बहसमा सहभागी हुन चुनौति दिएका छन । उनले सूर्यदर्शन सहकारीको ठगीमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौति दिएका छन । नेपाली कांग्रेसले भनेको जस्तो संसदीय समिति बनाउने माग पूरा भए उपप्रधानमन्त्री लामिछानेको जागिर चट हुन्छ । उनको बारेमा संसदले नै छानविन गर्ने गरी सिमिति गठन भएपछि उनले पदमा रहने नैतिकता गुमाउँछन ।

यसअघि जनार्दन शर्माले ल्याएको बजेटमा बाह्य व्यक्ति संलग्न गराएर करको दर परिवर्तन गरेको विषयमा तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेको माग पूरा गर्न संसदीय समिति गठन भए गगत्तै शर्माले राजिनामा दिएका थिए । रवि पनि संसदीय समिति गठन हुने अवस्थामा फेरि गृहमन्त्रीबाट पदमुक्त हुन्छन । यद्यपी संसदीय समितिको निर्णय पछि उनी मन्त्रीमा पुनः नियुक्ति हुनै कुनै बाधा हुनेछैन ।

शनिबार राति रविले कांग्रेसका नाममा लेखेको पत्र यस्तो छ

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ।
सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला??
तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे “एक बहस तो बन्ता है” !!
प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला??
आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं?
मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु।
तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।
मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ?
हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन।
सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्।
जय नेपाल (पार्टी वाला होइन, देश वाला)

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार २०:५६