१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चर्चित गायक बैकुण्ठ महतको पुरानो घर सार्वजनिक (अडियोसहित)


११ चैत, काठमाडौँ । चर्चित गायक बैकुण्ड महतको पुरानो घर सार्वजनिक भएको छ । मौलिक शैलीको एकल गीत शनिबार युट्युब मार्फत सार्वजनिक गरेका छन । आफू जन्मेको गाउँठाउँमै केही गर्नुपर्छ भन्ने सन्देश बैकुण्ठले गीत मार्फत दिन खोजेका छन ।

गाउँछाडेर सहरिया हुने चलन बढीरहेको समयमा बैकुण्ठले गीत मार्फत आमाको नाममा पुरानो घर पोत्न आउने कुरा गरेका छन ।  उनले गीतमा बाँजो बारी पनि जोत्ने कुरा गरेका छन । गाउँमा विकास छिरे पनि मानिसहरूको सहरको बसाइसराइ रोकिएको छैन । गीतमा बैकुण्ठले आफ्नै गाउँठाउँमा राम्रो भएको कुरामा जोड दिएका छन ।

दुई दशक भन्दा बढी समयदेखि गीत संगीतको सिर्जनामा रमाइरहेका महतले त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा विद्यावारिधी गरिरहेका छन । गुल्मीमा जन्मिएका महतका दर्जनौँ गीत चर्चित छन ।

गीत तल सुन्नसक्नुहुन्छ

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १४:१९