१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स


९ चैत, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

 हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद जारी गर्नेछ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १४:५५