१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सुनको भाउमा भारी गिरावट, यस्तो छ प्रतिकित्ता मूल्य


९ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले वृद्धि भएको थियो । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो। यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको  महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ११:०९