१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मानुषी लघुवित्तले बाेलायाे साधारण सभा, बुक क्लोजको मिति तय


९ चैत, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत ३० गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान १०ः३० बजे ५ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आव २०७९/८० को वार्षिक प्रतिवेदन तथा २०८० असरा मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत १८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १०:३४