१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, यस्तो छ प्रतिकित्ता मूल्य


८ चैत, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजना भएको हो ।

आज नेप्सेले साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयरपश्चात प्रतिकित्ता ४ हजार ५६२.६१ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबारको मूल्य प्रतिकित्ता ५ हजार २४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरपश्चात प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबारको मूल्य प्रतिकित्ता ३७६.३० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा आइतबारदेखि दुवै कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १७:२९