२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला हुने


८ चैत, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका देशका सबै पेट्रोल पम्प २४ सै घण्टा खुला राख्ने गरी व्यवस्था मिलाउन दिएको निर्देशन अनुसार पम्पहरू खुला भएका छन । गृहमन्त्रीको सचिवालयले चैत ७ गते देखिनै मन्त्रीको निर्देशन अनुसार पम्पहरू खुला गरिएको जानकारी दिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो। यसअघि पहुँच हुनेहरूका लागि २४ सै घण्टा पम्प खुल्ने भए पनि नहुनेका लागि थिएन ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १४:१२