१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सुनको भाउमा फेरि नयाँ रेकर्ड, एकैदिन तोलामा २ हजार ६०० रुपैयाँले बढ्यो


८ चैत, काठमाडौँ । साताको पाँचौं कारोबारको दिन बिहीबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार एकैदिन सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र  तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि फागुन २७ गते सुन सबैभन्दा उच्च मूल्य १ लाख २६ हजार रुपैयाँमा पुगेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ११:१९