२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कांग्रेस सांसद विनोद चाैधरीलाई खोज्दै प्रहरी, सीआईबीको पत्र संसदमा


७ चैत, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लमिछानेको निर्देशनसँगै बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा निजी कम्पनीको नाममा लगेको विषयमा अनुसन्धान गर्न नेपाली कांग्रेसका सांसद विनौद चौधरीलाई खोज्न थालेको छ । प्रहरीले खोज्न थालेको सूचना पाएका चौधरी बुधबार प्रतिनिधिसभाकत्र बैठकमा पनि देखिएनन् । उनका भाइ बसन्त चौधरीसँग प्रहरीले वयान लिइसकेको छ ।

यसअघि भाइ अरूण चौधरी पक्राउ नै परेका थिए । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा चौधरी परिवारले च्याम्पियन फुटवेयर प्रालिको नाममा गराएका थिए । अरूण अदालबाट छुटेका छन भने बसन्त हाजिरी जमानीमा छुटेका छन ।

बुधबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोदललाई  अनुसन्धान गरिरहेको विषयमा संसद सचिवालयमा पत्र लेखेर नै जानकारी दिएको छ । बुधबार सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले सभामुख देवराज घिमिरलेलाई पत्र लेखेर विनोद माथि प्रहरीले कराबाही गर्न लागेको जानकारी दिएका हुन ।

यद्यपी पछिल्लो संशोधित नियमावली अनुसार सांसद पक्राउ गरेरमात्र संसदमा जानकारी गराए पनि पाइने व्यवस्था छ ।  गृहमन्त्रीले नाम नै किटेर कारबाहीका लागि निर्देशन दिएकाले प्रहरीले विनोदलाई खोजी गरिरहेको छ । प्रहरीले खोजिरहेको थाहा पाएपछि उनी सीमित सम्पर्कमा पुगेका छन ।

किर्ते गरी सरकारी जग्गा ठगी गरेको मुद्दामा विनोदमाथि अनुसन्धान भैरहेको हो । यसअघि पूर्व अतिरक्ति प्रहरी महानिरीक्षक पुष्कार कार्की अध्यक्ष रहेको उकालो डटकमले यस बारेको समाचार प्रकाशित गरेको थियो । कांग्रेसले गृहमन्त्रीको विरूद्धमा संसदभित्र आन्दोलन चर्काउने घोषणा गरेपछि गृहमन्त्रीले पनि अपराधविरूद्धको कारबाही तीब्र बनाइरहेका छन ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार २१:२९