२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सेयरको भित्री कारोबार गर्ने रिडी पावरका पूर्वअध्यक्ष गुरु न्यौपाने दोषी ठहर


७ चैत, काठमाडाैँ । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई सेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो । विशेष अदालतले आगामी चैत १५  गते उनीहरुमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना समेत तोक्ने छ ।

न्यौपाने अध्यक्ष भएको समयमा रिडी पावर कम्पनीमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १३:३६