१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर


५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयको तोकेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४४.०७ रुपैयाँ र बिक्रीदर १४४.७३ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.८१ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ रहेको छ ।

एक जापानी येनको खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ रहेकाे छ भने एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १०:४१