२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

पूर्वगृहमन्त्री कृष्णबहादुर महरा लगायतलाई कारबाही गर्न उपप्रधानमन्त्री लामिछानेको निर्देशन


४ चैत, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पूर्वगृहमन्त्री कृष्णबहादुर महरा लगायतलाई कारबाही गर्न निर्देशन दिएका छन । मन्त्रिपरिषद्बाट समेत सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गराएका उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार मन्त्रालयमा गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई एकै ठाउँमा राखेर निर्देशन दिएका हुन ।

उनले प्रतिवेदनले दोषी किटान गरेकाहरू माथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन । मन्त्रालयमा केही समय अघि भएको छलफलमा समेत मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १२:०२