२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बाँसबारीको जग्गा सरकार मातहत ल्याउन गृहमन्त्रीको निर्देशन, विनोद चाैधरीसँग पनि वयान लिइने


४ चैत, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउन निर्देशन दिएका छन । आइतबार मन्त्रालयमा उच्चतहका पदाधिकारीसँगको छलफलमा निर्देशन दिँदै जग्गा सरकारको मातहतमा ल्याउन र सो जग्गा कब्जामा संलग्न रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाइ समेत अनुसन्धानको प्रकियामा ल्याएर वयान लिन निर्देशन दिएका छन ।

गृहमन्त्रीको निर्देशनसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चौधररीलाइ वयानका लागि बोलाउने वा पक्राउ गर्ने भन्ने बारेमा छलफल सुरू गरेको छ । चौधरी नेपाली कांग्रेसका सांसद हुन । सांसद भएका कारण उनलाइ पक्राउ गर्नु अघि निश्चित पक्रिया पूरा गर्नुपर्छ ।

यसअघ नै प्रहरीले सो जग्गा प्रकरणमा विनोदका भाइ अरूणलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो । पछि अदालतले प्रोएक्टिभ भएर तीन दिनभित्र अनुसन्धान सक्नु भन्दै नमागेको आदेश दिएपछि विवाद उत्पन्न भएको थियो । प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठले अरूणका नाममा गलत आदेश दिने न्यायाधीशलाई कारबाही स्वरूप दुर्गममा सरूवा गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:३०