२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तनहुँका भण्डारी पक्राउ


४ चैत, काठमाडौँ । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी रहेका छन् ।

भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोग लागेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बतिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १०:१५