१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै सभापोखरी हाईड्रोपावर


४ चैत, काठमाडौँ । सभापोखरी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य एजेण्डासहित चैत २४ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । साधारण सभा महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा आयोजना हुनेछ ।

सभामा कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त गर्ने निर्णय पारित गरिने छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ०९:४३