२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा श्यामलाल ज्ञवालीको सरूवा


२ चैत, काठमाडाैँ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा श्यामलाल ज्ञवालीको सरूवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ब्यूरोको प्रमुखमा ज्ञवालीको सरूवा गरेको हो । सरकारको प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट ब्यूरोमा सरूवा गरेको पुष्टि गरिन ।

मन्त्रिपरिषद्दे सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १९:०८