२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

गृहमन्त्रीको एक्सनः सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ


२ चैत, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन । प्रहरीले केहीबेर अघि दिपेशलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चिनयाँ सुन तस्करसँग दिपेश पुन र जितेन्द्र पुनको संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । सहकारी ठगीमा पनि दिपेश जोडिएका छन ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १९:०१