१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पर्थको राहदानी घुम्ती शिविरबाट ५ सय भन्दा बढी लाभान्वित


अष्ट्रेलिया ।  गैरआवासीय नेपाली संघ बेष्टन अष्ट्रेलिया पहल तथा सक्रियतामा एवं नेपाली दुतावास क्यानवेराको समन्वयमा पर्थमा राहधानी घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट ५३० जना लाभान्वित  भएका छन् ।

पछिल्लो समय नेपाली राहदानी बनाउने प्रकियाको ढिलाई तथा असहजताले नेपाल सरकार माथी समेत विभिन्न प्रश्न उठ्दै आएको छ ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा बेष्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले पर्थ र अझ यसका पनि ग्रामीण क्षेत्रबाट क्यानवेरा राहदानीका लागि जानु आर्थिक र समयका हिसाबले निकै खर्चिलो भएकाले लामो प्रयास पछि शिविर ल्याउन सफल भएको बताए । घिमिरेले भने पर्थबाट हवाई यातायातको प्रयोग गरेर आउनु पर्ने कराथा, जेराल्टन जस्ता ग्रामीण भेगका पनि सेवाग्राहीलाई पनि सेवा दिन पाउदा खुशी लागेको बताए ।

एनआरएनए सहितको पटक पटकको पहलमा परराष्ट्र मन्त्रालयबाट नै अधिकृत महेश त्रिपाठी घुम्ति शिविर लिएर पर्थ पुगेका थिए । उनले एनआरएनएको सहयोगमा सेवा प्रवाह गरेका थिए ।

एनआरएनए आईसिसिका सल्लाहकार भैरव ढकालले लामो समयको मागपछि घुम्ति शिविर ल्याउन सकिए पनि आगामी  दिनमा अनलाईन सिस्टमबाट नै पासपोर्ट नविकरण गर्न सक्ने व्यववस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गरेका छन् । उनले यो विषय हालै पर्थ आइपुगेका तत्कालिन परराष्ट्र मन्त्री एनपी साउद संग पनि उठाएको र नेपालीको जनसंख्या बिस हजार हुदाको दुतावासको जनशक्ति झण्डै दुई लाख पुग्दा पनि उहि हुने बिषय असान्दर्भिक रहेको जानकारी गएको बताए ।

एनआरएनए डब्लुएका पुर्ब संयोजक कृष्णमान श्रेष्ठले पनि आगामी  दिनमा पासपोर्ट नविकरणका नाममा कसैले सास्ती खेप्न नपरोस् र सहजै सेवा प्रदान गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । उनले पर्थको शिविरमा टाढा टाढाबाट आएका खास गरि बिद्यार्थीहरुलाई सेवा उपलब्ध गराएकोमा एनआरएनए सहित शिविर संचालन टिम प्रति आभार व्यक्त गरे ।

ओएनएफ अष्ट्रेलियाका सह सचिव समेत रहेका होम नाथ निरौलाले पर्थबाटै पाच घण्टाको हवाई दुरीमा रहेको राजधानी क्यानवेरा जानु पर्ने दुखबाट यो शिविरले पाच सय भन्दा बढि नेपालीले मुक्ति पाउनु उपलब्धि पुर्ण भएको बताए ।

फेब्रुअरी २० देखि २८ तारिखसम्म राहदानी  नविकरणको लागि घुम्ति शिबिर संचालनका लागि एनआरएनए डब्लुएको संयोजनमा भएको शिविरका लागि सचिव किशोर कुवरले थ्रीई ग्लोबल एजुकेशन तथा माईग्रेसनको हल उपलब्ध गराएका थिए । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा बेष्टन अष्ट्रेलियाका संयोजक घिमिरेले स्थान उपलब्ध गराउने सचिव कुवर सहित वर्तमान कार्यसमिति, पुर्व पदाधिकारीहरु तथा पर्थका नेपाली समुदायका अगुवाहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् । घिमिरेले भने नेपालबाट आउने प्राविधिकको व्यवस्था एनआरएनले गरेको र प्रत्येक दिन स्वयंसेवकहरुलाई खाजा खाना सहयोग गर्नु हुने सबै प्रति आभारि रहेको बताए । उनले भने समग्र नेपाली समुदायकै सक्रियतामा शिविर भव्य रुपमा सफल पारेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १३:४५