१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुनको भाउमा गिरावट, यस्तो छ प्रतितोला मूल्य


३० फागुन, काठमाडौँ । गत आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटे छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्ला तीन दिनदेखि सुन हालसम्मकै उच्च मूल्य कारोबार भइरहेको थियो। यस दिन चाँदीको मूल्य २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ११:३२