१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


२८ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन २८ गते साेमबारका लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंककाे अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१६ रुपैयाँ र बिक्रीदर १३२.७६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.५७ रुपैयाँ र बिक्रीदर १४५.२३ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६० रुपैयाँ र बिक्रीदर ८८.९९ रुपैयाँ रहेको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.९४ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १०:३७