१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

-प्रमिला सुवेदी

प्रत्येक वर्ष झै यो वर्ष पनि मार्च ८ अर्थात ११४ ‌औ श्रमिक महिला दिवस ‘’महिलामा लगानिः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराको साथमा मनाइदै छ । ‘जस्को लागि गोठ बनायो उस्को पुच्छर बाहिर भने झैँ हामीले जस्लाई लक्षित गरेर अझ भनौ जस्का लागि यस्ता दिवस या कार्यक्रमहरु गर्छौ, त्यो वर्गमा र समाजमा त्यस्को प्रभाव पुगेको छ वा छैन ? श्रमिक महिला दिदीबहिनीहरुलाई लक्षित गरी लगानी गरिएका यस्ता कार्यक्रम प्रतिफलमुखी छन् या छैनन् ? यसको बारेमा हामी कति जानकार छौ ? यस्ता कुरामा ख्याल राख्न जरुरी छ।

प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो। संयुक्त राज्य अमेरिकाले सन् १८५७मा गार्मेण्ट कारखानामा काम गर्ने श्रमिक महिला कामदारहरुको निश्चित समय, समान कामको समान ज्याला, मातृशिशुको अधिकार लगायतको मागसहित गरेको प्रदर्शनले आन्दोलनको रुप लियो । नेपालमा मात्रै होईन,संसारभर एउटै मितिमा यो दिन विविध कार्यक्रम गरेर मार्च(८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर तामझामका साथ मनाउने प्रचलन रहेको छ । अझ नारी सशक्तीकरणमा टेवा पुर्यााउने भन्दै विभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुले समेत विभिन्न कार्यक्रम गरेर यो दिनलाई मनाउने गरेको देखिन्छ ।त्यसमा महिला दिदीबहिनिको राम्रै सहभागिता पनि देखिन्छ।

बिशेषतः नारी दिवस सामाजिक आर्थिक राजनितिक रुपमा पछाडि परेका महिला साथै घरेलु हिँसाबाट पिडित र आफ्नो परिश्रमको उचित मुल्य नपाउने सामाजिक तिरस्कारमा परेका ति तमाम महिला जो आफ्नो मौलिक हक पाउन बाट नै बन्चित छन्। ति बर्गका आवाजलाई सम्बोधन गर्न र राज्यलाई त्यस काममा दबाब दिनका लागि यो दिवस मनाउन लागिएको हो भन्ने बुझिन्छ । खासमा यो कार्य राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय श्रमिक महिला दिवसका विषय हरू हुने गरेका छन् ।

महिलाहरुको सामाजिक आर्थिक राजनैतिक जिवन परिवर्तनमा धेरै हदसम्म यो अभियानले सकारात्मक भुमिका खेलेको छ। तर श्रमिक तथा आम महिलाहरुको जिवनमा भने अझै पनि उल्लेखनिय प्रभाब पार्न भने सकेको छैन । आजसम्म पनि महिलाले न्यूनतम ज्यालामा भोग्नु परेको विभेद एकातिर छ भने हाम्रो देशमा महिलाले गर्ने महत्त्वपूर्ण श्रमको मूल्याङ्कन नै गरिँदैन ।श्रम समान छ तर ज्याला असमान छ । उज्यालो नहुँदै उठेर घरको सरसफाइ गरेर खाने कुराको जोहो गरेर बाल बच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्ने सम्मका महिलाले गर्ने तमाम  कामहरूको कुनै ज्याला निर्धारित हुँदैन । उज्यालो नहुँदैदेखि आधारातसम्म गरेको त्यो सम्पूर्ण मेहनत माहिलाले  केवल बाँच्नका लागि मात्र गरिरहेको जसरी मूल्याङ्कन हुने गरेको छ या ती सम्पूर्ण कामलाई महिलाको कर्तव्यको रुपमा परिभाषित गरिएको छ । गृहणि महिलाहरुको गुनासो छ, जब कोही आर्थिकरूपमा मजबुत हुन्छ तब समाजमा पनि उसको उपस्थिति अलि प्रभावकारी हुने रहेछ ।

आर्थिकरूपमा कमजोर हुँदा समाजले हेर्ने नजर र आर्थिक रूपमा सबल हुँदा त्यही समाजले हेर्ने नजरमा धेरै ठूलो अन्तर रहेको हुने रहेछ। त्यसैले हरेक मान्छेको सामाजिक हैसियत उसले गर्ने श्रमको ज्याला र त्यसको बचत सँग जोडिएको हुने रहेछ। तर हामिले गरेको काम सधै ओझेलमा पर्ने । श्रमसंग नजोडिने हुँदा आफ्नो आत्मा सम्मानका लागि भएपनि हरेक महिला दिदिबहिनिहरु श्रमसंग जोडिन पर्ने र त्यसका लागि राज्यले महिलाको श्रम सिपमा आधारित कार्यक्रमहरुमा लगानि गर्ने कुरामा अझ बढि जोड दिनुपर्ने देखिन्छ ।

आर्थिक रुपमा विपन्न र समाजमा पछाडि परेका दिदिबहिनिहरु को गुनासो छ, ुराष्ट्रपति महिला पाएका छौँ‚ प्रधानन्यायाधीश महिला पायौँ‚ सभामुख पनि महिला पायौँ‚ तर श्रमिक महिला‚ घरभित्र दिनरात परिवारको लागि खटिरहने गृहिणी‚ अनौपचारिक काम गर्ने महिलाको श्रमको मूल्य मान्यता र उसको आत्मसम्मान र सुरक्षाको बारेमा निर्धक्क बोल्ने महिला हामिले पाएनौ । महिलाकै लागि काम गर्ने संघ संस्था महिला अधिकार कर्मिहरु पनिु महिला हकहितमा बोल्न खुट्टा कमाउने, खुलेर काम गर्न डराउने अवस्था छ ।अझै पनि ग्रामिण भेगमा महिलाहरुलाई यो श्रमिक महिला दिवस भनेको हो के थाहानै छैन ।आफ्नो अधिकार के हो र अधिकार माग्न कहाँ जानुपर्छ यस्ता कुरामा अनभिग्य छन् ।

देशको ब्यबस्था त परिवर्तन भयो तर हाम्रो अबस्था कहिले परिवर्तन हुने रु त्यसकारण जबसम्म हाम्रो समाजमा यस्तो अबस्था रहन्छ, महिला आन्दोलनमा ८ मार्च वा अरू कुनै दिवसले प्रभाव पार्न नसक्ने भनाई प्रत्येक बर्ष कार्यक्रममा सहभागि आम महिला दिदिबहिनिहरुले बताउँछन्। नारी दिबस किन भन्दा नारीहरुको हौसला र सम्मानका लागी, नारी अधिकारकाको लागी, नारी जनचेतनाका लागि नारि उत्थानका लागि । हाम्रो समाजले एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने सो दर्जा दिन सकेको छैन। विश्वमा अहिलेसम्म देखिएका विभिन्न सामाजिक अभियान तथा आन्दोलनहरू पुरातनवादी व्यवस्था परिवर्तनका लागि हुने गरेको  पाइन्छ ।

विश्वका अन्य मुलुकहरूमा जस्तै हाम्रो देश नेपालमा पनि विभिन्न कालखण्डमा भएका थुप्रै आन्दोलनले राजनीतिक, आर्थिक तथा सामाजिक न्याय एवं परिवर्तनको बाटो लिएको र आन्दोलनको सकारात्मक उपलब्धिहरूको साथमा  एउटा समयको अन्त्य भई नयाँ व्यवस्थाको उदय हुँदै आएको कुरालाई आत्मसात् गर्न सकिन्छ । नेपालको मात्र कुरा गर्दा विशेष गरी राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलनमा महिला पुरुष सबैको उत्तिकै योगदान रहेको पाइन्छ । अझ भनौ महिला सहभागिता बिना कूनै पनि आन्दोलन सफल भएको छैन।गरिराईमा नियाल्ने हो भने २००७ सात सालदेखि २०६२र०६३ सम्मका सबै आन्दोलनमा सक्रिय महिला सहभागिता रह्यो। यी बाहेक देशमा अन्य थुप्रै विषयगत आन्दोलनहरू भएका छन्, कुनै न कुनै हिसाबले त्यस्ता आन्दोलनहरूमा पनि महिलाहरूको भूमिका अतुलनीय रहेको पाइन्छ ।

विभिन्न विषयगत आन्दोलनहरूमध्ये महिला आन्दोलन देशमा हालसम्म भएका आन्दोलनहरूमध्येको पहिलो आन्दोलन हो। माथि उल्लिखित सबै आन्दोलन एवं अभियानमा सक्रिय भूमिका खेलेर पनि महिलाकै हक अधिकार र समानताका लागि अर्को आन्दोलन गरि नै रहन पर्‍यो यो दुखद् कुरा हो । प्रकृतिले समेत सृष्टिको थप जिम्मेवारी दिएका महिलाहरूलाई राष्ट्रिय आन्दोलनको बेगर आफ्नो अधिकार का लागि समेत लडिरहन पर्दा सहज भने पक्कै थिएन । तर पितृसत्ताको अन्त्य हरेक आन्दोलनका सहायक बिषय मात्र बने, जसका कारण हरेक लोकतान्त्रिक आन्दोलनको सफलता पछि महिलाहरु फेरि पनि किनारामा पारिने र आफ्नो समान नागरिक अधिकारको बिषयमा पुरुष नेतृत्वसंग याचना गर्नुपर्ने अबस्था बनिरह्यो ।

नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित त गरेको छ। त्यो एकदम स्वागत योग्य निर्णय हो । तर कानुनि ब्यबस्थामा महिलाका लागि बलियो आधार बनेको भएपनि रियालिटिमा भने तेस्तो देखिदैन। कानुनले महिलालाई सशक्त बनाइएको भएपनि त्यसको कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू अझै अन्यायमा परिरहेका छन्। ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट वञ्चित नारीहरु माझ महिला हिंसा विरुद्धको आवाज एकीकरण गराउने सामर्थ्य पुराउन सकिएको छैन।

हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र हिंसा विभेद अन्त्य गर्नु पर्ने नीति निर्माण भएता पनि दिनानुदिन महिलाहरु माथि बढ्दो हिंसा एवं कसूरले दिवस मनाइरहनुको सार्थकता एवं औचित्यमाथि ठाडो प्रश्न खडा गरेको आभास हुन थालेको छ। महिलाबारे बनेका सरकारी नीतिनियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिलाहरू पछाडि नै परिरहेको अबस्था छ। दुखको कुरा त के हो भने जस्ले सृष्टि देखायो उ आफु चाहि सधै समाजको अध्यारोमा बस्नु परेको छ। नारी हुनु आफैमा गर्वको कुरा हो ।यदी बिश्वमा नारी नहुने हो भने संसार नै चल्ने थिएन। मानब जातिको जननी नै नारी हुन। फेरी पनि समाजमा राष्ट्रमा नारीको ईज्जत पुरुष बाराबार हुदैन। हाम्रो अग्रजहरुले नारीका हकहितका लागी धेरै लड़ाई लड्दै आए । त्यसैको फलस्वारुप आज नारीहरु पहिलाको स्थिति भन्दा केहि अगाडी बढेका छन्। उनीहरुको अधिकारको परिधि बढ्दै गईरहेको छ। तर पनि नारीहरुको सामाजिक, राजनैतिक, शैक्षिक बिकाश साथै बराबरी अधिकारको लागी अझै हामीले लडाँई लडिरहनु परेको छ यो बिडम्बना ।सबै मानब अधिकार महिलाका अधिकार हुन् र महिलाका सबै अधिकार मानव अधिकार हुन् यो कुरा सबैले बुझ्न जरुरि छ । यो कुराको आत्मा साथ सबले गर्नुपर्छ ।

महिलालाई कुनै छुटटै ग्रहबाट ल्याएर यति अधिकार चै महिलाको लागि छुट्याईएको छ भनेर कतै निर्णय गरेको पनि होईन ।पहिला हामि मान्छे हौ र त्यसपछि मात्र महिला। कानुन र कानुनि अधिकार सबैका लागि समान छ ।कानुनको नजरमा सबै नागरिक समान रहने भएकाले कुनै पनि प्रकारको लैङ्गिक असमानताको अत्य हुन जरुरि छ ।राज्यका सबै तह र क्षेत्रमा महिलाको समानुपातिक र समावेशि सहभागितालाई सुनिश्चित गराउनु पर्दछ साथै, महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपूर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकारको संरक्षण गर्दै नीतिगत कानुनी एवं व्यवहारगत सुधार गरी, हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिनु पर्दछ। तब मात्रै अहिलेसम्म गरिएका आन्दोलत र राष्टिय तथा अर्न्तराष्टिय स्तरमा महिला सम्बन्धि गरिएका सन्धि सम्झौताहरुले सार्थकता पाउने छन् ।

अन्त्यमाः बास्तबिक श्रमिक महिलाहरुको आवाजको सम्बोधन होस्,यो दिवसले तमाम दुखि पिडित महिला दिदीबहिनिहरुको समस्यालाई केन्द्रसम्म पुर्याउने एउटा बाटो तयार गरोस्। राज्यको निर्णायक तहमा महिलाको स्थान सुरक्षित रहोस्, महिला हिंसासँग सम्बन्धीत मुद्दाहरु न्यायलयका न्यायमूर्तिहरुबाट विशेष महत्वका साथ हेरिउन्। समाजमा जरो गाडेको पुरातनवादी सोचमा परिवर्तन भई पुरुषवादी मानसिकतामा शुद्धिकरण होस् समानताको व्यवहार देख्न सकियोस्। कञ्चनपुर, बैतडी,मधेश जस्तो ठाँउमा क्रुर यौन हिंसाका घटना समाजमा पुनः नदोरिउन, हरेक महिलाले सुरक्षित साथ यो समाजमा जीवन जिउन सकून् ।नारामा उल्लेख भए जस्तै महिलामा लगानिः सभ्य र समुन्नत समाजको थालनीस यो कार्यले निरन्तरता पाओस्। साथै हरेक महिलाले मुलुकमा राज्य र न्याय भएको आभास गर्न सकुन्, ११४ औं नारी दिवसको सबैमा शुभकामना।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १५:२०