१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

इन्डियन आइडल पछि मेनुका पौडेलको युगल जोडीको प्रेम गित `बर्बादी´(भिडियो सहित)


अष्ट्रेलिया । इन्डियन आइडलबाट फिर्ता भए पछि मेनुका पौडेलको नयाँ गित बजारमा आएको छ । मेनुकाले सीडी बिजय अधिकारको साथमा गएकी छन् ।

लामो समय देखी प्रवासमा रहेर नेपाली संगित क्षेत्रमा क्रियाशिल क्षितिज सापकोटाको रचनामा `बर्बादी´ युगल प्रेम गित सार्वजनिक भएको हो । यस्तै संगित सिडी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका छन् ।

युगल जोडीको प्रेमको कथाले भरिएको गीतको भिडियोमा कलाकारहरु अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरी र निर्मल भण्डारीले अभिनय गरेका छन् । भिडियाेकाे निर्देशन भने प्रहिल कार्कीले गरेका छन् । गीतको भिडिओलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी छन् । उत्तम हुमागाईंले छायांकन गरेको म्युजिक भिडिओलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।

क्षितिज सापकोटा (4B Entertainment)   नामक युट्युब च्यानलमार्फत यस ‘बर्बादी’ बोलको गीत हेर्न सकिन्छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १२:४४