२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने टोखाकी रोशनी पक्राउ


१४ फागुन, काठमाडौँ । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा टाेखा नगरपालिका -९ बस्ने रोशनी राणा रहेकी छन् ।

प्रहरीका अनुसार रोशनीले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु त्यसको लागि दुई लाख सत्तरी हजार रुपैयाँ लाग्छ र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिने र  मासिक ७० हजार तलव हुन्छ भनी प्रलोभनमा पारेर  पीडितबाट पटक पटक गरी दुईलाख सत्तरी हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुढानिलकण्ठबाट प्रकाउ गरेकाे हाे । रोशनीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १७:३७