२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कृष्ण कँडेलले याैन प्रस्ताव राखेको भन्दै शर्मिला श्रेष्ठ अदालतमा


१४ फागुन, काठमाडाैँ । इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कुनै समय टेलिभिजनमा चर्चित बनेको इन्द्रेणी अहिले युट्युब र फेसबुकको प्लेटफर्ममा पनि उत्तिकै चर्चित छ । इन्द्रेणीमै सँगै काम गरेकी काभ्रेकी शर्मिला श्रेष्ठले आइतबार कँडेलविरूरूद्ध याैन दूर्व्यवहारको मुद्दा दर्ता गरेकी हुन ।

कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा शर्मिालले मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिएका छन । कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाएर यौन प्रस्ताव राखेको दाबी शर्मिलाले मुद्दामा गरेकी छिन । कँडेलले इन्द्रेणीबाट निकालेपछि शर्मिलाले मुद्दा दर्ता गरेकी हुन । यसअघि कँडेलले नै गत शुक्रबार काठमाडाैँ जिल्ला अदालतमा शर्मिलासहित त ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १७:१४