२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

१४ किलो सुन तस्करी प्रकरणः प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ


१४ फागुन, काठमाडौँ । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका गुरूङलाई सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट  पक्राउ गरेको हाे ।

गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । गुरूङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११:००