१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने, बोलायो साधारण सभा


१४ फागुन, काठमाडौँ । स्वरोजगार लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ र लाभांश वितरण गर्ने प्रस्तावसहित फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव र एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यसकाे अर्थ फागुन १२ गतेसम्म नेप्सेका काराेबार भइ कायम रहेका सेयरधनीले लाभांश पाउन तथा सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:२२