२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीन जना पक्राउ


१३ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरी  सार्वजनिक गरेको हो। ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको घरबाट फागुन ६ गते नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १४:२५