१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फागनु १९ मा स्वर्ण जयन्ती मनाउँदै नुवाकोटको बेलकोट भञ्ज्याङ मावि


१२ फागुन, नुवाकोट । नुवाकोटको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयले स्वार्ण जयन्ती मनाउने भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ मा रहेको बेलकोट भञ्ज्याङ माध्यामिक विद्यालयले फागुन १९ गते स्वार्ण जयन्ती मनाउन लागेको स्वर्णजयन्ती मूलसमारोह समितका कार्यक्रम संयोजक नारायणप्रसाद खनालले दैनिकीलाई जानकारी दिए ।

महेन्द्र सापकोटा, भेषनाथ पुडासैनी, रोमप्रसाद पुडासैनी, उत्तरबहादुर तामाङ, रामप्रसाद सापकोटा लगायतको पहलमा विक्रम संवत २०३० सालमा स्थापना भएको थियो । खुला आकाशमुनीबाट सुरू भएको विद्यालयले स्थापनाको ५० वर्ष पूरा गर्दै गर्दा भौतिक रूपमा सम्पन्न भएको छ ।

महिला प्रधानाध्यापक भएको नमुना विद्यालयको रूपमा चिनिदै गरेको यस विद्यालय तत्कालीन बेलकोट गाविसको वडा नम्बर ९ को एकमात्र शैक्षिक संस्था रहेको थियो । तत्कालीन बेलकोट गाविसको सबैभन्दा विकट मध्येको वडामा पर्ने ९ मा विद्यार्थीहरूको हितका लागि स्थानीयहरूको कठिन  परिश्रमसहितको पहलले विद्यालय स्थापना भएको थियो । लामो समयसम्म अभावमा संघर्ष गरेको विद्यालय अहिले सिकाइसहितको शिक्षामा अघि बढिरहेको प्रधानाध्यापक सुनिता ठकुरीले जानकारी दिइन ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्णजयन्ती मुल समारोह समितिका संयोजक गोकुल सापकोटाले स्थापनाको स्वर्णजयन्ती मनाउने अवसर पाउँदा निकै खुशी लागेको बताए । उनले विद्यालय सञ्चालनका लागि स्थापनाकालदेखि नै अभिभावकहरूले महत्वपूर्ण योगदान र सहयोग गरेको बताए । अध्यक्ष सापकोटाले सबैको पहल र सहयोगले विद्यालय सबै हिसाबमा सुबिधासम्पन्न हुँदै गएको बताए ।

यही फागुन १९ गते विद्यालयले भव्य रूपमा स्वर्णजयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको र समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशरण महत सहभागी हुने स्वर्ण जयन्ती मूल समारोह कार्यक्रम संयोजक खनालले बताए । संयोजक खनालले स्वर्णजयन्तीको अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गर्न लागिएको पनि जानकारी दिए ।

अहिले विद्यालयको स्वर्णय जयन्ती कार्यक्रमका लागि स्वःस्फूर्त रूपमा शिक्षक, अभिभावक र पूर्व विद्यार्थीले सहयोग दिइरहेका छन । खनालका अनुसार चन्दा सहयोगका लागि कसैलाई पनि करकाप गरिएको छैन । विद्यालयको विकासका लागि शिक्षक, अभिभावक र पूर्वविद्यार्थीले गच्छेअनुसारको सहयोग स्वतस्फूर्त गरिरहेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबियामा रहेका पूर्व विद्यार्थी रामकुमार पुडासैनीले १०९ वर्षको हजुरआमा मनकुमारी पुडासैनीले बुबा मेखनाथ पुडासैनी र आमा खिलकुमारी पुडासैनीको तर्फबाट दुई लाख १५ हजार एक सय एघार रुपैयाँ र गरिब जेहन्दार छात्र छात्रालाई शिशु कक्षा देखि १२ सम्मका कक्षा दुई/दुई जना गरी २६ जना विद्यार्थीका लागि जनही ४ हजारको दरले सहयोग गर्ने । पुडासैनीले आफू विदेशमा रहँदासम्म निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

त्यस्तै रोजगारीको शिलसिलामा दक्षिण कोरिया बस्दै आएका पूर्व विद्यर्थी आइतराम तामाङ (भञ्ज्याङ्)ले आफ्नो हजुरबुबा स्वर्गीय साइला तामाङ र हजुराअमा स्वर्गीय काइली तामाङको सम्झनामा आफू र पिता हर्कबहादुर तामाङको तर्फबाट विद्यालयलाई २ लाख १० हजार रूपैयाँ सहयोग गरेका छन ।

यस्तै विद्यालयको स्वर्ण जयन्तीका लागि श्रीराम सापकोटाले ५६ हजार ५६ रूपैयाँ, विद्यालय व्यवस्थापन समितका अध्यक्ष गोकुलप्रसाद सापकोटाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन । यस्तै  बेलकोटगढी १ का फणिन्द्रबहादुर सापकोटाले ५१ हजार ५१ रूपैयाँ सहयोग गरेका छन । विद्यालयको प्रधानाध्यापक सुनिता ठकुरीले एक महिनाको तलब बराबरको ३२ हजार ९०२ रूपैयाँ सहयोग गरेकी छिन ।

यस्तै बेलकोटगढी १ कै दुर्गाबहादुर तामाङले ३० हजार एक सय रूपैयाँ, मधु खनालले २५ हजार ५ सय ५५ रूपैयाँ, बेलकोटगढी ११ का सविन तामाङले २२ हजार २ सय २२ रूपैयाँ, बेलकोटगढी १ कै नारायणप्रसाद खनालले १६ हजार ६ सय ६६ रूपैयाँ सहयोग गरेका छन ।

यस्तै बेलकोटगढी १ कै रामराजा खनालले १६ हजार ६ सय ६५ रूपैयाँ, सुगम सापकोटा सुदिपले १० हजारको जिन्सीसहित नगद १६ हजार ६ सय ६६ रूपैयाँ, बेलकोटगढी २ का बलबहादुर तामाङले १५ हजार ६ सय ६० रूपैयाँ, रामशरण न्यौपाने १५ हजार ५ सय ५५ रूपैयाँ, चन्द्रकला परियारले १५ हजार ५ सय ५५ रूपैयाँ र बेलकोटगढी १ का शिवकुमार सापकोटाले १५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन ।

यस्तै विद्यालयका शिक्षकहरू रामहरि सिग्देल, दीपिका अधिकारी, उर्वसीहमाल ठकुरी, भिवालक्ष्मी तामाङ, भिमबहादुर डाँगीले जनही १५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन । बेलकोटगढी १ का शरणकुमार खनालले १५ हजार पाँच सय रूपैयाँ, बेलकोटगढी २ का पूर्णबहादुर श्रेष्ठले १५ हजार ५५ रूपैयाँ सहयोग गरेका छन ।

कार्यक्रम संयोजक नारायणप्रसाद खनालका अनुसार बेलकोटगढी १ का दिपेन्द्रप्रसाद खनालले जिन्सी ४० हजारसहित नगद १२ हजार ५ सय ५५ रूपैयाँ, कृष्णप्रसाद सापकोटा पारीघरले ११ हजार एक सय ११ रूपैयाँ, अर्जुनकुमार पुडासैनीले १० हजार ५ सय ५५ रूपैयाँ, बेलकोटगढी १ सन्तोष पुडासैनी १० हजार १०५ रूपैयाँ र रेनुका घिमिरे १० हजार एक सय रूपैयाँ सहयोग गरेका छन ।

यस्तै शिक्षक नवराज पुडासैनी १० हजार ५ सय, शिक्षकहरू पार्वती श्रेष्ठ, मञ्जु चौलागाइ र अप्सरा बानियाले जनही १० हजार १ सय रूपैयाँ सहयोग गरेका छन ।  त्यस्तै शिक्षक विमिता तामाङले ७ हजार ७ सय ७० रूपैयाँ सहयोग गरेका छन ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ०८:०६