२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

अनेरास्ववियुका नेता कमल जोशी माथि आक्रमण, दोषी पक्राउ नगरे प्रतिरोधमा उत्रने चेतावनी


११ फागुन, काठमाडौँ । अनेरास्ववियुका नेता कमल जोशी माथि आक्रमण भएको छ ।  अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी माथि केहीबेर अघि आक्रमण भएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताएका छन । उनले अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले आक्रमण गरेको आरोप समेत लगाएका छन ।

आक्रमणबाट टाउकोमा चोट लागेका कमललाइ अहिले न्यूरो अस्पताल लैजाने तयारी गरिएको पौडेलले बताए । अस्कल क्याम्पसमा भएको नयाँ विद्यार्थीको स्वागत कार्यक्रममा सहभागी भएर निस्कनेक्रमम आक्रमण भएको पौडेलले बताएका छन । उनको न्यूरो अस्पताल लगेर थप उपचार गर्ने तयारी भएको छ । कमलको टाउकोमा गहिरो चोट लागेको छ ।

यसैबीच अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै दोषीमथि तत्काल काडा कारबाही नगरे प्रतिरोधमा उत्रने चेतावनी दिएका छन । उनले विज्ञप्तिमा भनेका छन, ‘तत्काल सबै CCTV फुटेजहरु हेरेर अपराधी हरुलाइ अविलम्ब पक्राउ नगरे प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ। अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार छ। अपराधीहरुलाई राज्यको आडमा संरक्षण गरिरहेको संगठनलाई र प्रहरी प्रशासनलाई राज्यको आडमा गुण्डागर्दी संरक्षण नगर्न यसै विज्ञिप्त मार्फत चेतावनी दिन चाहन्छौ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १८:०६