२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

पूर्व प्रेमिकाको अन्तरङ्ग तस्बिर र भिडियो सार्वजनिक गर्ने टोखाका किरण थापा प्रहरी खोरमा


११ फागुन, काठमाडौँ । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ स्थायी घर भै टोखा नगरपालिका बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो ।

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०८:१८