१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त


१० फागुन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन । त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन । पाल्पा जन्मघर भएका बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन । बराल त्रिविको २० औँ उपकुलपति हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट पारदर्शी बनाउनका लागि भन्दै पहिलो पटक खुला प्रतिस्पर्धा गराएका हुन । उपकुलपतिमा आवेदन दिएका ४३ जना मध्येबाट १४ जना छोटो सूचीमा परेका थिए । उनीहरूको प्रस्तुतीकरणको आधारमा तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो । तीन जनामा बरालसँगै प्राध्यापक डा। चित्रबहादुर बुढाथोकी र टंकनाथ धमला रहेका थिए ।

शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गरेका हुन । बरालको कार्यकाल चार वर्षको हुनेछ । सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेको भए पनि पहिलो नम्बरमा सिफारिस भएका बुढाथोकीका बारेमा धेरै विवाद रहेकाले बराल उपकुलपति नियुक्त भएको प्रधानमन्त्री करा्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:३६