२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कमरेड छाडेका केपी र केन्द्रीय कमिटीबाट गरिएको अपेक्षा


-किरण देउजा 

प्रमुख प्रतिक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ बैठक अहिले ललितपुरको च्यासलमा चलिरहेको छ । यो बैठकले भ्रष्टाचार र विकृतिको विरूद्धमा संघर्ष गर्न एमालेलई सडकमा पुर्याउने देखि कार्यकर्ता अधारित पार्टी बनाउने विषयमा छलफल र निर्णय गर्ने कुरा पूर्व प्रचारित छ ।

एमालेका निर्णयमा पछिल्लो सयम सबैभन्दा बढी शुद्धिकरण शब्दको प्रयोग हुने गरेको छ भने नेताहरूले बोल्नेक्रममा पनि यस्तो विषयले प्रवेश पाउने गरेको छ । यसलाई कार्यकर्ताले सरल रूपमा पार्टीभित्रको खराब प्रवृतिमाथि नेतृत्वले निर्ममता अपनाएर कारबाही गर्ने हो कि भनेर बुझेका थिए तर नेतृत्वले समाजमा वद्नामी कमएका र अन्य पार्टीमा असफल भएका पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार जस्ता पात्रहरूलाई माला र अबिर दलेर शुद्धिकरण गर्दै एमाले भित्राउने गरिरहेको छ । कम्तिमा केन्द्रीय कमिटीको जारी सातौँ बैठकले चाहिँ शुद्धिकरणको उल्टो बाटो नहिडोस भन्ने मेरो अपेक्षा रहेको छ । कमरेड छाडेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बदनाम पात्रलाई अविर दलेर एमालेमा स्वागत गरेरमात्र शुद्धिकरण सफल होला र भन्ने प्रश्न आफैँलाई निरन्तर गररहनुपर्दछ भन्ने मेरो जोड छ ।

फागनु ८ देखि १० गतेसम्म चल्ने केन्द्रीय कमिटीको सातौँ बैठकले उल्लेखित काम गर्ला त

गत मंसिरको मध्यमा सञ्चालित झुलाघाट-चिवा भञ्जायाङ यात्रा सम्पन्न गरेपछि

– उक्त अभियानको समिक्षा

– समसामयिक राजनीति अवस्थाको बारे पार्टी अध्यक्ष केपी ओलीको सम्बोधन

– पार्टी शुद्धीकरण तथा सुदृढीकरण

– संगठनिक कामको समिक्षा

– जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय

– जनपरिचालन र जनदबाबबारे समसामयिक लगायत एजेन्डामा केन्द्रिय कमिटीमा छलफल सुरु भएको छ ।

पार्टीको सचिवालयले तय गरेको एजेन्डा छलफल हुने नै भयो । तर, यो बाहेक यी एजेन्डामा छलफल गरे कसो होला ?

१. अनुशासन
२. आर्थिक अपारदर्शी
३. नियमित प्रशिक्षण
४. सरकारको कामकारबाही
५. जनचासोका सवाल

१. अहिले पार्टी शुद्धीकरण गर्ने भनेर पार्टीको गत महिना बसेको सचिवालय बैठकले नै निर्णय गरेको र जारी केन्द्रीय कमिटीको बैठकको एजेन्डा समेत भएको हुँदा यश विषयमा गम्भीर रुपमा छलफल होस् । यो अत्यन्तै राम्रो प्रस्ताव हो, गलत आचरण हुनेहरुमा साच्चै कार्वाही होला कि चोख्याउने मेलो मात्र? गर्ला यो बैठकले ?

२. असभ्य व्यवहार, भड्किलो जीवनशैली, दादागिरी गरेर जीवन धान्नेहरु कार्वाहीको दायरामा अर्थात शुद्धीकरणमा पर्लान त ?

३. अनुशासनहिन कार्यकर्ता, अध्ययन शून्य, चेतनाको कमी, कुनै अमुक नेताको पवनपुत्र (हनुमान) विचार बिहिनहरुलाई शुद्धीकरणको दायरा ल्याउन सक्ला त ?

४. आफ्नै सहयोद्दा/सहकर्मी को श्रीमती/छोरीबुहारी, जुनियर कार्यकर्तालाई गिद्दे नजर लगाउने, इमोसनल ब्य्लाकमेल गरेर यौनजन्य गतिविधि गर्ने, नैतिक रुपमा स्खलित भएका नैतिकहिन माथी कार्वाही होला त? अर्थात शुद्धीकरणमा ल्याउन सक्ला त ?

५. आफू भन्दा तल्लो तहका कार्यकर्तालाई भरपुर प्रयोग गर्ने, आस, त्रास, लोभ आदि देखाएर जे पनि गर्ने र उक्त चिज मिडियामा या बाहिर आएपछी आफ्ना केही पवनपुत्र ( हनुमान) प्रयोग गरेर विषयान्तर गर्ने, त्यस्तै पर्दा जे सुकै हर्कत गर्ने माथी अनुशासनको कार्वाही होला त ?

६. मिटर ब्याज पीडितहरु पुर्व मेची-महाकाली देखि पैदल यात्रामा काठमाडौ आइरहेका छन् । एमाले अहिले प्रतिपक्षी दल छ। एमालेले सशक्त साथ आन्दोलन गर्नुपर्ने, समस्याको समाधान गर्नुपर्नेमा मौन हुनु चै अचम्म नै छ। जारी बैठकले यश विषयमा स्पष्ट खाका बाहिर ल्याओस् ।

७. चरम महंगीले छ। जनतालाई दैनिक छाक टार्न मुस्किल भएको छ । यस्ती बेलामा सदनमा, सडका प्रतिपक्षीको आवाज सशक्त हुनुपर्नेमा कहिँकतै पनि एमाले नदेखिनु, जनताको समस्या सम्बोधन गर्न पहल नगर्नुले जनाताको लागि पार्टी होईन भन्ने सन्देश गएको छ। सो चिजको अन्त्य गरोस् ।

८. भ्रष्टाचार , अनियमितता आदिको विभिन्न कान्ड आउदा एमाले मौन बस्नु । कुनै न कुनै काण्डमा एमालेको नेताको नाम मुछिदा चुपचाप रहनुले एमाले पनि सत्ता पक्ष जस्तैः देखिनुले हरेक अनियमितमा ठुला भनिएका दलहरु सबै एकै ठाउँमा हुन्छन् भनेर जुन भाष्य स्थापित छ, त्यसलाई मलजस गरेको त छैन नि? यदि यसो हो भने एमालेले संलग्नहरुलाई कार्वाही गरेर पार्टी शुद्धीकरण गर्न जरुरी छ ।

र अन्त्यमा, यो प्रवृत्ति भएकाहरु चै बढी जसो आन्दोलनको मैदान या तल्लो बर्गबाट आएका भन्दा पनि टुप्पा बाट पलाएका, नेताहरूलाई दानापानी ब्यवस्थापन गरेर बापत विभिन्न पद लिएकाहरु बढी संलग्न भएको देखिन्छ । जो सामान्य कार्यकर्ता समेत हुन लायक रहन्न, त्यसताले नै पार्टी प्रती बफादार , इमानदार कार्यकर्ताहरुलाई शासन गरेर आफू ठुलै हुँ भन्ने देखाउन विभिन्न नेताहरू सँग कुम जोडेको फोटोखेती गरेर प्रभुत्व कायम गरेको हुन्छ । तर ईमानदार कार्यकर्ताहरुलाई यो चित्ता बुझ्दैन अनि आन्दोलन छड्छन् । एमालेले साच्चिकै कार्वाही गर्ने नि केही लाई जोगाउन को लागि तामा-तुल्सी छोएर, सुनपानी छर्कदै चोखो बनाउने हो? साच्चै यो काम कडाइको साथ गर्‍यो भने एमालेको उचाई निकै माथि बढ्ने देखिन्छ ।

अनुहार हेरेर होइन गलत प्रवृत्ति भएकालाई कार्वाही गरेर पार्टीको कद उचो नै हुन्छ । अत: पार्टी सुदृढीकरण गर्ने हो भने पहिले शुद्धीकरण आवश्यक छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १०:३७