२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचारी ठहर


३ फागुन, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बस्न्यातलाई भ्रष्टाचारी ठहर गरेको हो । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको ठहर अदालतले गरेको छ ।

बस्न्यातसँगै पूर्वमन्त्री छविराज पन्त पनि भ्रष्टाचारी ठहर भएका छन् । उनी पनि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अदालतले ठहर गरेको छ । उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताएका छन ।

बिहीबार विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलाशले विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा पुगेको १४३ रोपनी सरकारी जग्गा जफत हुने फैसला पनि गरेको छ । बस्न्यात र पन्तले मानवीय गल्ती भएको भनी मन्त्रिपरिषद्को निर्णयसमेत संशोधन गर्न लगाएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १९:३४