१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने


२६ माघ, काठमाडौँ । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १७:१३