१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मुकेश अम्बानी बने विश्वकै दाेस्राे शक्तिशाली सीईओ


२२ माघ, काठमाडाैँ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले ब्रान्ड गार्डियनशिप इन्डेक्स २०२४ मा दोस्रो स्थान हासिल गरेका छन्। अम्बानीले माइक्रोसफ्टका सीईओ सत्य नाडेला, गुगलका सीईओ सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछि पार्दै लगातार दोस्रो वर्ष  विश्वको दोस्रो शक्तिशाली सीईओ बनेका हुन् ।

यसका साथै उनी ‘डाईभर्सिफाइड’ग्रुपको क्याटोगोरीमा शीर्ष श्रेणीको सीईओ पनि बन्न सफल भएका छन् । ब्राण्ड फाइनान्सद्वारा जारी गरिएको सूचीमा मुकेश अम्बानीलाई भारतीयहरुको सूचीमा पहिलो र विश्व स्तरमा भने दोस्रो स्थानमा परेका छन् । यो सूचीमा टेन्सेन्टका सीईओ हुआतेन्ग पहिलो स्थानमा रहेका छन् ।

हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क पाएका छन् । –एजेन्सी 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १५:०९