१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

हस्तकला व्यवसायी गोपी कँडेलसहित उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित


१७ माघ, काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । स्थापना दिवस तथा चौथो बार्षिकोत्सवको अवसर पारेर फिनले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको हो । अर्थमन्त्री डा प्रकाशशरण महतले उनीहरूलाई सम्मान गरे ।

सम्मानित हुनेहरूमा ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्र कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई रहेका छन ।

यस्तै हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट अमिर प्रताप जंग राना, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल पनि सम्मानित भएका छन ।

सो अवसरमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ । मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १२:१६